प्रशासनिक ढंगले अब माओवादी चल्दैन : लेखनाथ दाहाल
_dZR3LPcjza.jpg)
काठमाडौं । माओवादीका केन्द्रीय सदस्य लेखनाथ दाहालले प्रशासनिक ढंगले अब माओवादी चल्न नसक्ने बताएका छन् । प्रस्तावित मस्यौदा विधान २०८० को अवधारणामाथि विमती राख्दै उनले विधान संशोधन हुनुपर्ने बताएका हुन् । मस्यौदामाथि स्थायी समितिमा बहस चलिरहेको बेला प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा राखेका छन् ।
‘राजनीति प्रशासनिक वा कानुनी विषय होइन । नेतृत्वले कानुनी र प्रशासनिक ढंगले चलाउन खोज्नुभएको छ, त्यसरी अब चल्दैन । राजनीति तत्काल परिस्थितिले पैदा गर्ने जटिलताको गाँठा फुकाउँदै जाने हो । आवश्यकता र आकर्षणको समिलन हो नेतृत्व’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मस्यौदाको अवधारणाप्रति नै मेरो विमति छ । पार्टी विचारले चल्ने हो । यो जनयुद्धकाल होइन । कामको प्रभाव कति हुन्छ त्यता ध्यान दिनुपर्छ ।’
वैधानिक राजनीतिमा मूल्याङ्कनको आधार जनता भएको भन्दै उनले माओवादी खराब होइनन् समाज रुपान्तरणको सम्वाहक भएको विश्वास दिलाउन आवश्यक रहेको बताए । माओवादी आचरणको जीवनशैली र व्यवहार छ कि छैन भनेर जनताले थाहा पाउने भएकाले विचार र व्यवहारको सन्तुलन नमिलाई माओवादी अगाडी बढ्न नसक्ने उनको बुझाइ छ ।
त्यसका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत स्वचालित सांगठनिक संरचना बनाउनुपर्ने उनको तर्क छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले तयार गरेको मस्यौदा बैठकले पारित गरेपछि छलफलका लागि माओवादीले फागुनको पहिलो साता विधान अधिवेशन बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : मुख्यसचिव अर्याल
-
रोजगारी वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव
-
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
-
कोशी प्रदेश लगानी सम्मेलन सुरु
-
छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न छेके र बाजु लेकतिर
-
एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने