प्रशासनिक ढंगले अब माओवादी चल्दैन : लेखनाथ दाहाल
काठमाडौं । माओवादीका केन्द्रीय सदस्य लेखनाथ दाहालले प्रशासनिक ढंगले अब माओवादी चल्न नसक्ने बताएका छन् । प्रस्तावित मस्यौदा विधान २०८० को अवधारणामाथि विमती राख्दै उनले विधान संशोधन हुनुपर्ने बताएका हुन् । मस्यौदामाथि स्थायी समितिमा बहस चलिरहेको बेला प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा राखेका छन् ।
‘राजनीति प्रशासनिक वा कानुनी विषय होइन । नेतृत्वले कानुनी र प्रशासनिक ढंगले चलाउन खोज्नुभएको छ, त्यसरी अब चल्दैन । राजनीति तत्काल परिस्थितिले पैदा गर्ने जटिलताको गाँठा फुकाउँदै जाने हो । आवश्यकता र आकर्षणको समिलन हो नेतृत्व’, रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मस्यौदाको अवधारणाप्रति नै मेरो विमति छ । पार्टी विचारले चल्ने हो । यो जनयुद्धकाल होइन । कामको प्रभाव कति हुन्छ त्यता ध्यान दिनुपर्छ ।’
वैधानिक राजनीतिमा मूल्याङ्कनको आधार जनता भएको भन्दै उनले माओवादी खराब होइनन् समाज रुपान्तरणको सम्वाहक भएको विश्वास दिलाउन आवश्यक रहेको बताए । माओवादी आचरणको जीवनशैली र व्यवहार छ कि छैन भनेर जनताले थाहा पाउने भएकाले विचार र व्यवहारको सन्तुलन नमिलाई माओवादी अगाडी बढ्न नसक्ने उनको बुझाइ छ ।
त्यसका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत स्वचालित सांगठनिक संरचना बनाउनुपर्ने उनको तर्क छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले तयार गरेको मस्यौदा बैठकले पारित गरेपछि छलफलका लागि माओवादीले फागुनको पहिलो साता विधान अधिवेशन बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण