हालान्ड चम्किँदा सिटी शीर्ष स्थानमा
शनिबार, २७ माघ २०८०, २० : ३६
इतिहाद । अर्लिङ हालान्डले नोभेम्बरपछि पहिलोपटक गोल गर्दा म्यानचेस्टर सिटीले एभर्टनलाई संघर्षपूर्ण खेलमा पराजित गरेको छ । २–० गोलको जीत हासिल गर्दै सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
चोटका कारण डिसेम्बर र जनवरी महिनामा मैदान बाहिर रहेका हालान्डले पहिलो गोलको लागि ७१ औँ मिनेटसम्म पर्खनुपरेको थियो । नथान अकेको पासमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाए ।
त्यसअघिसम्म एभर्टनले अनुशासित खेल प्रदर्शन गर्दै साबिक विजेता टोलीलाई रोक्न सफल भएको थियो । ८५ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा हालान्डले दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
२३ खेलपछि सिटीको ५२ अङ्क रहेको छ । समान खेलबाट ५१ अङ्क बटुल्दै लिभरपुल दोस्रो स्थानमा छ । ४९ अङ्कसहित आर्सनल तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण