शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
महासमिति बैठकको तयारी

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

आइतबार, २८ माघ २०८०, १७ : ०२
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा फागुन ३ गतेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 
उनका अनुसार बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ । छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ । 

फागुन ३ गते बिहीबार दिउँसो १ बजे बस्ने  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप