शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारको बुटवल कार्यालयमा स्थानीय तहविरुद्धका उजुरी बढी

आइतबार, २८ माघ २०८०, २१ : ००
आइतबार, २८ माघ २०८०

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा स्थानीय तहविरुद्धका उजुरी बढी रहेको पाइएको छ । अख्तियारको ३३ औँ स्थापना दिवसको अवसरमा बुटवल कार्यालयले आयोजना गरेको कार्यक्रममा स्थानीय तहविरुद्ध बढी उजुरी आउने गरिएको जानकारी दिइएको हो ।   

अख्तियारका बुटवल कार्यालय प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगमा स्थानीय तहविरुद्धका उजुरी बढी आउने गरेको बताए ।  अख्तियारको लुम्बिनी कार्यालयमा गत आर्थिक वर्षमा आएका ३ हजार २५८ उजुरीमध्ये सबैभन्दा बढी 

स्थानीय तहका रहेको उनले जानकारी दिए । लुम्बिनीमा बुटवल र नेपालगन्जमा कार्यालयले प्रदेशका १२ वटै जिल्ला हेर्ने गरेको छ । बुटवल कार्यालयमा गत आर्थिक वर्षमा कुल १ हजार ५३३ उजुरी रहेकोमा ६९।१४ प्रतिशत अर्थात् १ हजार ५१ उजुरी फर्स्योट भएको कार्यक्रममा जानकारी गराइएको थियो । यस्तै विस्तृत अनुसन्धानमा रहेका  १०३ मध्ये ४१ वाट फस्टौ गरेको जनाएको छ । 

कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रतिनिधि र राष्ट्रसेवक सबैले शुद्ध मनका साथ काम गर्नुपर्ने  बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप