अख्तियारको बुटवल कार्यालयमा स्थानीय तहविरुद्धका उजुरी बढी
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा स्थानीय तहविरुद्धका उजुरी बढी रहेको पाइएको छ । अख्तियारको ३३ औँ स्थापना दिवसको अवसरमा बुटवल कार्यालयले आयोजना गरेको कार्यक्रममा स्थानीय तहविरुद्ध बढी उजुरी आउने गरिएको जानकारी दिइएको हो ।
अख्तियारका बुटवल कार्यालय प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगमा स्थानीय तहविरुद्धका उजुरी बढी आउने गरेको बताए । अख्तियारको लुम्बिनी कार्यालयमा गत आर्थिक वर्षमा आएका ३ हजार २५८ उजुरीमध्ये सबैभन्दा बढी
स्थानीय तहका रहेको उनले जानकारी दिए । लुम्बिनीमा बुटवल र नेपालगन्जमा कार्यालयले प्रदेशका १२ वटै जिल्ला हेर्ने गरेको छ । बुटवल कार्यालयमा गत आर्थिक वर्षमा कुल १ हजार ५३३ उजुरी रहेकोमा ६९।१४ प्रतिशत अर्थात् १ हजार ५१ उजुरी फर्स्योट भएको कार्यक्रममा जानकारी गराइएको थियो । यस्तै विस्तृत अनुसन्धानमा रहेका १०३ मध्ये ४१ वाट फस्टौ गरेको जनाएको छ ।
कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रतिनिधि र राष्ट्रसेवक सबैले शुद्ध मनका साथ काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण