जसपा मधेस प्रदेश कमिटीको अध्यक्षमा बालकिशोर
जनकपुर । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश कमिटी अध्यक्षमा बालकिशोर प्रसाद यादवलाई चयन गरेको छ ।
यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् ।
पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने छ । त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरेको जसपा मधेस प्रदेश कमिटीका निवर्तमान कोषाध्यक्ष रेनु यादवले बताइन् ।
यस्तै कार्यकारिणी समितिको बैठक सुरु भएको र प्रदेश कमिटीको पदाधिकारी तथा अन्य सदस्यको बारेमा छलफल भइरहेको उनले बताइन् ।
अध्यक्ष बालकिशोर यादव स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे थिए । २५ वर्षसम्म जागिर खाएका उनी हाल राजीनामा दिएर प्रदेश कमिटी अध्यक्ष भएका हुन् ।
उनी यसअघि मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्ष थिए । उनले सो पदबाट पनि राजीनामा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण