सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा मधेस प्रदेश कमिटीको अध्यक्षमा बालकिशोर

सोमबार, २९ माघ २०८०, १५ : ४७
सोमबार, २९ माघ २०८०

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश कमिटी अध्यक्षमा बालकिशोर प्रसाद यादवलाई चयन गरेको छ ।

यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका हुन् ।

पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्य रहने छ । त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरेको जसपा मधेस प्रदेश कमिटीका निवर्तमान कोषाध्यक्ष रेनु यादवले बताइन् ।

यस्तै कार्यकारिणी समितिको बैठक सुरु भएको र प्रदेश कमिटीको पदाधिकारी तथा अन्य सदस्यको बारेमा छलफल भइरहेको उनले बताइन् ।

अध्यक्ष बालकिशोर यादव स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे थिए । २५ वर्षसम्म जागिर खाएका उनी हाल राजीनामा दिएर प्रदेश कमिटी अध्यक्ष भएका हुन् ।

उनी यसअघि मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्ष थिए । उनले सो पदबाट पनि राजीनामा दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप