जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने थुलुङ दुधकोशीको निर्णय
सोमबार, २९ माघ २०८०, १८ : ३९

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अध्यक्ष स्तरको बैठकले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
जनयुद्धको जगबाट हालको व्यवस्था आएकाले यसको सम्मानको लागि बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । दिवसको अवसरमा सार्वजनिक बिदा दिँदा जनयुद्धमा साहदात प्राप्त सहिद, घाइते र बेपत्ताको सम्मान हुने उनको भनाइ छ । फागुन १ गते पालिकाको सबै सरकारी कार्यालय, शैक्षिक संस्था बन्द हुनेछ ।
सर्वोच्च अदालतले नेपाल सरकारको निर्णय विरुद्ध परमादेश जारी गरेपनि अहिले विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो दिन पनि गाजामा हवाई आक्रमण, २० जनाको मृत्यु
-
कक्षा १२ को परीक्षा सकेर महत्त्वपूर्ण शृङ्खला खेल्न शनिबार स्कटल्यान्ड प्रस्थान गर्दैछन् कप्तान रोहित
-
पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती
-
बारामा भोलिदेखि नगरस्तरीय फुटबल प्रतियोगिता हुने
-
देउवाले गरे राज्य प्रशासन विभागमा १० सदस्यहरू मनोनयन
-
रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु