मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र सुधारोन्मुख रहेकाले ब्याजदर करिडोर यथावत्

सोमबार, २९ माघ २०८०, २१ : ३३
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमास अर्थात् अर्धवार्षिक समीक्षा गरेको छ । अर्थ मन्त्रालयले अर्थनीति अर्थात् बजेट कार्यान्वयनको छ महिनाको समीक्षा गरेकै दिन केन्द्रीय बैंकले समेत मौद्रिक नीतिको समीक्षा गरेको हो ।

अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्र दुबै सुधारोन्मुख रहेकाले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले गरेको नीतिगत व्यवस्थालाई नै निरन्तरता दिएको केन्द्रीय बैंकले जनाएको छ ।

मौद्रिक नीति व्यवस्थापनको ब्याजदर करिडोरहरुलाई यथावत् राखेको जनाएको केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई थप व्यवस्थित गर्न २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने बताएको छ ।

यस्तै बैंकहरुले प्रदान गर्ने मुद्दती निक्षेपको ब्याजदर संस्थागतको तुलनामा व्यक्तिगतमा १ प्रतिशत बढी दिन पाउने व्यवस्था गर्ने जनाएको छ ।

यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यममा प्रवाह भएको २ करोडसम्मको व्यावसायिक कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप