अर्थतन्त्र सुधारोन्मुख रहेकाले ब्याजदर करिडोर यथावत्
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमास अर्थात् अर्धवार्षिक समीक्षा गरेको छ । अर्थ मन्त्रालयले अर्थनीति अर्थात् बजेट कार्यान्वयनको छ महिनाको समीक्षा गरेकै दिन केन्द्रीय बैंकले समेत मौद्रिक नीतिको समीक्षा गरेको हो ।
अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्र दुबै सुधारोन्मुख रहेकाले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षाले गरेको नीतिगत व्यवस्थालाई नै निरन्तरता दिएको केन्द्रीय बैंकले जनाएको छ ।
मौद्रिक नीति व्यवस्थापनको ब्याजदर करिडोरहरुलाई यथावत् राखेको जनाएको केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई थप व्यवस्थित गर्न २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने बताएको छ ।
यस्तै बैंकहरुले प्रदान गर्ने मुद्दती निक्षेपको ब्याजदर संस्थागतको तुलनामा व्यक्तिगतमा १ प्रतिशत बढी दिन पाउने व्यवस्था गर्ने जनाएको छ ।
यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यममा प्रवाह भएको २ करोडसम्मको व्यावसायिक कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण