आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीसहित प्रियंका कार्की र आयुष्मान देशराज बने वात्सल्यको ब्राण्ड एम्बेस्डर

मङ्गलबार, ०१ फागुन २०८०, १२ : ३९
मङ्गलबार, ०१ फागुन २०८०

 काठमाडौँ । वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरुका छोरी आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ।
 वात्सल्यको नारायणचौरस्थित क्लिनिकमाभएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांका नि:सन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन् ।

वात्सल्य क्लिनिकका संस्थापक/प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गरे ।  नि:सन्तान सम्बन्धि समस्यालाई उनीहरु मार्फत् थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको सुवेदीले बताए । 

यस्तै बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धि सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्याउनुभन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरु उत्साहित रहेको अभिनेत्री कार्कीले बताइन् । यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आईभीएफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरुले थाहा पाएको उनको भनाइ थियो । यसैगरी अभिनेता जोशीले  यस सम्बन्धि आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने बताए ।

वात्सल्य आईभीएफले आईभीएफका साथै आई.यू.आई., ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिंग, प्रसुतीपुर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन् सम्बन्धि विभिन्न आधुनिक सेवा प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप