२६ वटा नमुना तरकारी तथा फलफूल खाना अयोग्य
काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समितिको बजार परिसरबाट संकलन गरिएका तरकारीमध्ये २६ वटा नमुना तरकारी तथा फलफूल खानायोग्य नरहेको पाइएको छ ।
समितिका अनुसार गत आर्थिक वर्षमा २ हजार ४ सय ९४ तरकारीको नमुना परीक्षण गरिएको थियो । सो नमुना परीक्षणबाट २६ वटा नमुनामा खाना योग्य नरहेको हो । यस्तै, १२ वटा तरकारी तथा फलफूलका नमुना केही दिन पर्खेर खानुपर्ने देखिएको थियो । यस्तै, हरियो २ हजार ४ सय ५६ वटा नमुना परीक्षण खानायोग्य पाइएको छ ।
समितिको बजार परिसरमा कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालामार्फत विषादी अवशेष द्रुत परीक्षण विश्लेषण कार्य हुने गर्दछ । विश्लेषणमा कार्वामेट र अर्गानोफस्फेटको रोकावट दर मापन गरिन्छ । मापनमा ३५ प्रतिशत भन्दा कम भए उपभोगयोग्य, ३५–४५ प्रतिशतसम्म भए केही दिन पर्खने र ४५ प्रतिशत भन्दा बढी भएमा बिसर्जनयोग्य हुन्छ । सो विश्लेषणको आधारमा उपभोग अयोग्य देखिएका वस्तुलाई नियन्त्रणमा लिने र नष्ट गर्ने कार्यमा समितिले सहजीकरण गर्दै आइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण