शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ईभीमा अर्को ब्राण्ड ‘आइवन’ नेपाल भित्रियो, अटोमोबाइल क्षेत्रमा सीजीको नयाँ प्रस्तुति

मङ्गलबार, ०१ फागुन २०८०, १८ : ४७
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । विद्युतीय सवारी (ईभी) मा फेरि अर्को नयाँ ब्राण्ड ‘आईवन’ नेपाल भित्रिएको छ । चिनियाँ अटोमोबाइल कम्पनी गोन्जाओको उत्पादन आईवन ब्राण्डलाई चौधरी ग्रुप (सीजी) ले नेपाल भित्र्याएको हो । 

मंगलबार एक समारोहकाबीच कम्पनीले आईवन ब्राण्ड सार्वजनिक गरेको छ । पहिलो चरणमा कम्पनीले आईवन वाई मोडल नेपाल ल्याएको हो । 

जीएसी आईवन वाईमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। गाडीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । 

b87444f4-b4bf-470e-9a64-b7c30f0854a9

गाडीमा १०० किलोवाटको मोटर छ। यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ। गाडीको लम्बाई ४५३५० एमएम, चौडाई १८७० एमएम र उचाइ १६५० एमएम छ । 

कम्पनीले गाडीमा २७५० एमएमको ह्विलबेससहित १८३ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गरेको छ ।

गाडीमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमसहित कप होल्डर, वायरलेस चार्जरको सुविधा पनि छ ।

सीजी ग्रुपका निर्देशक निर्वाण चौधरीले नेपालमा १० मध्ये ७ वटा विद्युतीय गाडी बिक्री भइरहेको बताए । उनले जीएसी ब्रान्डले बीवाईडीसँग प्रतिस्पर्धा गर्ने बताए । 

792d1b38-f015-4606-aa1f-c7777c6808c5

करिब ४० वर्षअघि सार्वजनिक भएको शोरूममा जीएसी सार्वजनिक गरिएको छ । चौधरीले मारूती सुजुकीजस्तै जीएसी पनि सफल हुने विश्वास व्यक्त गरे । 

अईवन वाई मोडलको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप