ईभीमा अर्को ब्राण्ड ‘आइवन’ नेपाल भित्रियो, अटोमोबाइल क्षेत्रमा सीजीको नयाँ प्रस्तुति
काठमाडौँ । विद्युतीय सवारी (ईभी) मा फेरि अर्को नयाँ ब्राण्ड ‘आईवन’ नेपाल भित्रिएको छ । चिनियाँ अटोमोबाइल कम्पनी गोन्जाओको उत्पादन आईवन ब्राण्डलाई चौधरी ग्रुप (सीजी) ले नेपाल भित्र्याएको हो ।
मंगलबार एक समारोहकाबीच कम्पनीले आईवन ब्राण्ड सार्वजनिक गरेको छ । पहिलो चरणमा कम्पनीले आईवन वाई मोडल नेपाल ल्याएको हो ।
जीएसी आईवन वाईमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। गाडीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

गाडीमा १०० किलोवाटको मोटर छ। यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ। गाडीको लम्बाई ४५३५० एमएम, चौडाई १८७० एमएम र उचाइ १६५० एमएम छ ।
कम्पनीले गाडीमा २७५० एमएमको ह्विलबेससहित १८३ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गरेको छ ।
गाडीमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमसहित कप होल्डर, वायरलेस चार्जरको सुविधा पनि छ ।
सीजी ग्रुपका निर्देशक निर्वाण चौधरीले नेपालमा १० मध्ये ७ वटा विद्युतीय गाडी बिक्री भइरहेको बताए । उनले जीएसी ब्रान्डले बीवाईडीसँग प्रतिस्पर्धा गर्ने बताए ।

करिब ४० वर्षअघि सार्वजनिक भएको शोरूममा जीएसी सार्वजनिक गरिएको छ । चौधरीले मारूती सुजुकीजस्तै जीएसी पनि सफल हुने विश्वास व्यक्त गरे ।
अईवन वाई मोडलको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण