सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन शाह र हर्क साम्पाङबिच भेटवार्ता

मङ्गलबार, ०१ फागुन २०८०, २१ : २४
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच भेटवार्ता भएको छ । 

साम्पाङ काठमाडौँ आएको अवसरमा दुई स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचित जनप्रतिनिधिबिच भेटवार्ता भएको हो । 

साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरूबिच भेटवार्ता भएको जानकारी गराएका छन्। दुई मेयरबिच पछिल्लो समय घनिष्ठता बढेको छ भने साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप