इमरान खानको पार्टीको चेतावनी, ‘देशमा अस्थिरता अझै बढ्नेछ’
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले गठबन्धन सरकार बनाउने योजनालाई लिएर चेतावनी दिँदै यसले देशमा अस्थिरता थपिने बताएका छन् । तेहरिक-ए-इन्साफ पाकिस्तानका प्रवक्ता रउफ हसनले जनताले इमरान खानलाई ठुलो समर्थन गरेको तर यो जनादेश चोरिएको आरोप लगाएका हुन् ।
इमरान खान अहिले जेलमा छन् । इमरान खानको समर्थनमा चुनाव जितेका उम्मेदवारहरूले राष्ट्रिय सभामा सबैभन्दा बढी सिट प्राप्त गरेका छन्, तर बहुमतीय सरकार बनाउन यो पर्याप्त छैन।
पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी मुस्लिम लिग (एन) र बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टीले नयाँ गठबन्धन सरकार बनाउने बताएका छन् ।पाकिस्तानको शासन सञ्चालन गर्ने वर्तमान कार्यवाहक सरकारले मतदानमा धाँधली भएको आरोपलाई अस्वीकार गरेको छ।
- पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने
यता पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरीफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद् बनेको छ ।

जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरीफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रूपमा पार्टीबाट प्रस्ताव गरेका छन् । यसलाई पाकिस्तानी सेनाले पनि समर्थन गरेको छ ।
शरीफले छोरी मरियम नवाजलाई पञ्जाबको मुख्यमन्त्रीका लागि मनोनयन गरेको पनि पार्टी प्रवक्ता मरियम औरङ्गजेबले सो जानकारी दिइन् । नवाज शरीफले सरकार गठनमा पीएमएलएनलाई साथ दिने सबै राजनीतिक दललाई धन्यवाद दिँदै नयाँ सरकार पाकिस्तानलाई सङ्कटबाट बाहिर निकाल्न सफल हुने आशा व्यक्त गरेका छन् ।
नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका छन् । शाहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने भएका छन् । इमरान खानको सरकार पतन भएपछि २०२२–२०२३ को बीचमा पीपीपीको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए ।
पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री पदको दौडबाट फिर्ताको घोषणा गर्दै आफ्नो पार्टीले पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) को प्रधानमन्त्री पदका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण