‘कार्साङ’को स्क्रिप्ट पूजा गर्दै हिरोइन घोषणा
काठमाडौँ । दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्क, सुरक्षा पन्त लगायतको अभिनय रहने फिल्म हो ‘कार्साङ’ । फिल्मको स्क्रिप्ट पूजा गर्दै नव अभिनेत्री समेत घोषणा गरिएको छ । निर्माण युनिटले अभिनेत्रीको रुपमा सृजना निङ्लेकुलाई डेब्यु गराउन लागेको हो ।
यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण हुन लागेको यस फिल्म यम शेर्पाले निर्देशन गर्न लागेका हुन् ।
फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, छिरिङ शेर्पा, सम्राट् क्षेत्री, छुकी शेर्पा र कर्मा शेर्पाको समेत अभिनय रहने छ । यम शेर्पाले यसै पिःल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरेका छन् ।
गोविन्द बोहोरा निर्माता रहेको फिल्म ‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने बताइएको छ ।
पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्मको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिने छ । फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण