आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

बिहीबार, ०३ फागुन २०८०, १० : ५९
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबार सुनको मूल्य स्थिर रहेर कारोबार सुरु भएको जनाएको छ । महासंघले हिजो बुधबारकै मूल्यमा आज सुनको कारोबार सुरु भएको जानकारी दिएको हो ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० र तेजावी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँ कायम थियो । आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो बुधबार भने सुनको मूल्य घटेर कारोबार सुरु भएको थियो । हिजो बुधबार एकै दिन सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको थियो । सुनको मूल्य स्थिर कायम भएपनि आज चाँदीको भने बढेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । यससँगै, हिजो तोलामा १३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप