भ्यालेन्टाइन डेदेखि बालीमा विदेशी पर्यटकलाई १० डलर प्रवेश कर
बाली । इन्डोनेसियाको बालीमा भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ देखि विदेशी पर्यटकहरूले १० डलर प्रवेश कर तिर्नुपर्नेछ । इन्डोनेशियाली अधिकारीहरूका अनुसार टापुको वातावरण र संस्कृतिलाई जोगाउन यस्तो कदम चालिएको हो ।
बाली सुन्दर समुद्री तट, मनमोहक दृश्यका लागि बढी चर्चित छ । गएको वर्ष जनवरीदेखि नोभेम्बरको बिचमा करिब ४८ लाख पर्यटक बाली घुम्न गएको सरकारी तथ्याङ्कले देखाएको थियो । पर्यटक करको घोषणा पहिलो पटक गएको वर्ष गरिएको थियो । तर यो बुधवारदेखि कार्यान्वयनमा आयो ।
यो कर विदेशबाट आएका वा देशका अन्य हिस्साबाट बाली छिर्ने पर्यटकहरूमा लागू हुनेछ । घरेलु पर्यटकहरूले यो कर तिर्नुपर्दैन । आइपुग्नु अघि नै पर्यटकहरूलाई यो कर तिर्न भनिएको छ । कोभिडको महामारी पूर्व बालीको कूल जीडीपीमा पर्यटन क्षेत्रको योगदान ६० प्रतिशत आसपास थियो ।
प्रान्तको तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरमा बालीमा आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै अस्ट्रेलियालीहरू थिए । त्यसपछि क्रमशः भारत, चीन र सिंगापुर रहेको छ । पर्यटक आगमन बढेसँगै उनीहरूको उच्छुङखला पनि बढ्न थालेका छन् । कम्तीमा पनि हालेका वर्षहरूमा सार्वजनिक भएका घटनाहरूले यस्तै देखाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण