मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन डेदेखि बालीमा विदेशी पर्यटकलाई १० डलर प्रवेश कर

बिहीबार, ०३ फागुन २०८०, १५ : ०१
बिहीबार, ०३ फागुन २०८०

बाली । इन्डोनेसियाको बालीमा भ्यालेन्टाइन डे अर्थात् फेब्रुअरी १४ देखि विदेशी पर्यटकहरूले १० डलर प्रवेश कर तिर्नुपर्नेछ । इन्डोनेशियाली अधिकारीहरूका अनुसार टापुको वातावरण र संस्कृतिलाई जोगाउन यस्तो कदम चालिएको हो ।

बाली सुन्दर समुद्री तट, मनमोहक दृश्यका लागि बढी चर्चित छ । गएको वर्ष जनवरीदेखि नोभेम्बरको बिचमा करिब ४८ लाख पर्यटक बाली घुम्न गएको सरकारी तथ्याङ्कले देखाएको थियो । पर्यटक करको घोषणा पहिलो पटक गएको वर्ष गरिएको थियो । तर यो बुधवारदेखि कार्यान्वयनमा आयो ।

यो कर विदेशबाट आएका वा देशका अन्य हिस्साबाट बाली छिर्ने पर्यटकहरूमा लागू हुनेछ । घरेलु पर्यटकहरूले यो कर तिर्नुपर्दैन । आइपुग्नु अघि नै पर्यटकहरूलाई यो कर तिर्न भनिएको छ । कोभिडको महामारी पूर्व बालीको कूल जीडीपीमा पर्यटन क्षेत्रको योगदान ६० प्रतिशत आसपास थियो ।

प्रान्तको तथ्याङ्क कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरमा बालीमा आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै अस्ट्रेलियालीहरू थिए । त्यसपछि क्रमशः भारत, चीन र सिंगापुर रहेको छ । पर्यटक आगमन बढेसँगै उनीहरूको उच्छुङखला पनि बढ्न थालेका छन् । कम्तीमा पनि हालेका वर्षहरूमा सार्वजनिक भएका घटनाहरूले यस्तै देखाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप