दाङ गोलीकाण्ड
दाङमा पत्नीलाई गोली प्रहार गर्ने सहायक हवल्दार
बिहीबार, ०३ फागुन २०८०, २२ : ०१

काठमाडौँ । दाङको घोराही स्थित दामोदर चोकमा गोली प्रहार गरेर धनमाया थापाको हत्या गरिएको छ । गोली प्रहार गर्ने यमबहादुर झाँक्री उनकै पति हुन् ।
यमबहादुर प्रहरी सहायक हवल्दार हुन् । उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । पत्नी पनि प्रहरी हुन् । घटनाको कारण खुलेको छैन ।
हत्यामा संलग्न आरोपी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखको रनरको रुपमा कार्यरत थिए ।