बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
चितवनबाट काठमाडौँ आउँदै मिटरब्याज पीडितको न्यायमार्च, तस्बिरहरू
मिटरब्याज पीडित

चितवनबाट काठमाडौँ आउँदै मिटरब्याज पीडितको न्यायमार्च, तस्बिरहरू

शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौँतर्फ आइरहेका छन् । शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरू बिहीबार चितवन आएर मिसिएका छन् । त्यहाँबाट उनीहरूको ठुलो समूह पैदल हिँडेर काठमाडौँतर्फ आइरहेको छ । 

आफूहरूले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरूले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरूलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन् । 

यसअघि सरकारले छानबिन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थाले पनि त्यसबाट आफूहरूलाई पूर्ण न्याय नमिलेको उनीहरूको गुनासो छ ।

सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ । सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरूको समस्या भने ज्यूँकात्यूँ छन् । 

meterbyaj pidit (2)meterbyaj pidit (10)meterbyaj pidit (11)meterbyaj pidit (12)meterbyaj pidit (1)meterbyaj pidit (3)meterbyaj pidit (4)meterbyaj pidit (5)meterbyaj pidit (6)meterbyaj pidit (7)meterbyaj pidit (8)meterbyaj pidit (9)

तस्बिरहरू : मिटरब्याज पीडित संघर्ष समिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया