सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युवालाई प्रशिक्षण दिँदै जसपा

शनिबार, ०५ फागुन २०८०, ०९ : १९
शनिबार, ०५ फागुन २०८०

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो । 

जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो । समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू प्रशिक्षकको रूपमा रहने छन् ।

सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरू गरी करिब एक सय तीस जना प्रतिनिधि प्रशिक्षणमा सहभागी हुने छन् । प्रशिक्षण आज मध्यान्ह १२ बजेदेखि सुरु हुने छ । जसपाले यस अघि महिला सङ्गठनका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप