गोरखामा दुई जनासहित पाँच जना मृत फेला
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । दाङको बबई गाउँपालिका-४ ठाटिखोला बस्ने २४ वर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका-१ स्थित बान्द्रेखोला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक १ थान, झोला १ थान, सोही झोलाभित्र गोली ७ थान, केप १८ थान, २ बट्टा बारुद, सलाईको बट्टा १ थान र मोबाइल १ थान बरामद गरेको छ । घटनाका सम्बन्धमा आवश्यक सोधपुछको लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता तनहुँको भानु नगरपालिका-७ भदौरेस्थित गोरेटो बाटोमा सोही नगरपालिका-९ बडहरे बस्ने ६२ वर्षीय कृष्ण बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गोरखा, गण्डकी गाउँपालिका-८ तरौदीस्थित त्रिशूली नदीको किनारमा तनहुँ ब्यास नगरपालिका-५ बस्ने ३२ वर्षीय गोविन्द बोटे शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गोरखाकै पालुङटार नगरपालिका-७ सतिघाटस्थित मर्स्याङ्दी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका-९ सिमपानीस्थित सिमपानी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण