गोरखामा दुई जनासहित पाँच जना मृत फेला

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । दाङको बबई गाउँपालिका-४ ठाटिखोला बस्ने २४ वर्षीय तेजलाल खत्री शान्तिनगर गाउँपालिका-१ स्थित बान्द्रेखोला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक १ थान, झोला १ थान, सोही झोलाभित्र गोली ७ थान, केप १८ थान, २ बट्टा बारुद, सलाईको बट्टा १ थान र मोबाइल १ थान बरामद गरेको छ । घटनाका सम्बन्धमा आवश्यक सोधपुछको लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता तनहुँको भानु नगरपालिका-७ भदौरेस्थित गोरेटो बाटोमा सोही नगरपालिका-९ बडहरे बस्ने ६२ वर्षीय कृष्ण बहादुर थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै गोरखा, गण्डकी गाउँपालिका-८ तरौदीस्थित त्रिशूली नदीको किनारमा तनहुँ ब्यास नगरपालिका-५ बस्ने ३२ वर्षीय गोविन्द बोटे शुक्रबार मृत अवस्थामा फेला परेका छन् । गोरखाकै पालुङटार नगरपालिका-७ सतिघाटस्थित मर्स्याङ्दी नदी किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका-९ सिमपानीस्थित सिमपानी सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँफिकोटका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश
-
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारको नियन्त्रणमा
-
गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा
-
कांग्रेसले साउनदेखि नयाँ क्रियाशील सदस्यता बाँड्ने
-
विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलन स्थगित