जसपाका तीन वटा नगर समिति पुनर्गठन, काठमाडौँ महानगर अध्यक्षमा महर्जन
शनिबार, ०५ फागुन २०८०, २० : ०५
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा नगर समिति पुनर्गठन भएका छन् । शनिबार पुनर्गठन गरिएका नगर समितिहरुमा काठमाडौँ महानगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका र मोरङको रङ्गेली नगरपालिका रहेका छन् ।
पाार्टीका राजनीतिक समिति सदस्य शोभा बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट सुरज महर्जनको अध्यक्षतामा २९ सदस्यीय काठमाण्डौ महानगरपालिका समिति गठन भएको छ ।
त्यस्तै सन्तोष साह रौनियारको अध्यक्षतामा सर्लाहीको हरिपुर नगर समिति पुनर्गठन भएको छ । सो कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य पेशल ढकाल प्रमुख अतिथि रहेका थिए ।
त्यसैगरी पन्नालाल मण्डलको अध्यक्षता ३५ सदस्यीय रङ्गेली नगर समिति पुनर्गठन गरिएको जसपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण