सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका तीन वटा नगर समिति पुनर्गठन, काठमाडौँ महानगर अध्यक्षमा महर्जन

शनिबार, ०५ फागुन २०८०, २० : ०५
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा नगर समिति पुनर्गठन भएका छन् । शनिबार पुनर्गठन गरिएका नगर समितिहरुमा काठमाडौँ महानगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका र मोरङको रङ्गेली नगरपालिका रहेका छन् ।
 
पाार्टीका राजनीतिक समिति सदस्य शोभा बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट सुरज महर्जनको अध्यक्षतामा २९ सदस्यीय काठमाण्डौ महानगरपालिका समिति गठन भएको छ ।
 
त्यस्तै सन्तोष साह रौनियारको अध्यक्षतामा सर्लाहीको हरिपुर नगर समिति पुनर्गठन भएको छ । सो कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य पेशल ढकाल प्रमुख अतिथि रहेका थिए  ।
त्यसैगरी पन्नालाल मण्डलको अध्यक्षता ३५ सदस्यीय रङ्गेली नगर समिति पुनर्गठन गरिएको जसपाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप