सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चार दलीय समाजवादी मोर्चाको बैठक आह्वान

शनिबार, ०५ फागुन २०८०, २१ : ०३
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आह्वान गरिएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय सचिव जीवनराम श्रेष्ठले आइतबारका लागि बैठक बोलाइएको जानकारी दिए । 

उनका अनुसार मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ । बैठक बिहान ९ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा बस्ने उनको भनाइ छ । 

यस्तै  बैठकमा सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे पनि छलफल हुनेछ । 

हाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अध्यक्षता गरिरहेको मोर्चामा सो पार्टीसहित  नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप