काठमाडौँले पेलेपछि अर्कै संगठन बनाउँदै ईस्कोन विराटनगर
विराटनगर । विराटनगरस्थित ट्राफिक चोकमा रहेको नेपाल अन्तराष्ट्रिय कृष्णभावना मृत संघ (ईस्कोन) विराटनगरका भक्तहरु र इस्कोन नेपालबिचको विवाद उत्कर्षमा पुगेको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको ईस्कोन नेपाल र विराटनगर शाखाका भक्तहरुबिच विवाद भएको हो ।
विराटनरका ईस्कोनका भक्तहरुले विराटनगरमा पत्रकार सम्मेलन गरी काठमाडौंसँग प्रतिवाद गर्दै छुट्टै नयाँ संस्था दर्ता गराउने जनाएका छन् । इस्कोन नेपाल विराटनगर शाखाको रुपमा एक वर्षदेखि ब्रम्हचारी मनः शिक्षा दासको अध्यक्षतमा चल्दै आएको थियो । ईस्कोन नेपालले भने केन्द्रीकरणको नाममा देश भरका शाखाहरूमा आफैं अध्यक्ष तोकेर पठाइदिएपछि विवाद सुरु भएको थियो ।
गत वैशाख ११ गते विधान संशोधन गर्दै विराटनगर स्कोनसँग कुनै छलफल नै नगरि आफैंले अध्यक्ष तोक्ने निर्णय गरेपछि आफूहरुले जनाएको असहमतिको विषयलाई लिएर विराटनगरका समिति नै खारेज गरिदिएको ब्रम्हचारी मनःशिक्षा दासले बताए ।
आफैंले प्रचार प्रसार गरी स्कोन चलाउँदै आइरहेको र यसमा लाग्ने सम्पूर्ण खर्च आफैंबाट जुटाइरहेको, हजारौं भक्तहरु जुटाउन सफल भएपछि केन्द्रले अनावश्यक हस्तक्षेप गर्दै आफैं शाखा चलाउन खोजेको उनले आरोप लगाए ।
आफूहरु ईस्कोनको प्रचार प्रसारमा निरन्तर लागिरहेको र नयाँ संस्था गठन गर्ने तयारीमा लागेको भक्त खगेन्द्रबहादुर बस्नेतले जानकारी दिए । हाल स्कोन नेपालले बनाएको नयाँ विधानलाई सच्याउन उनीहरुले माग पनि गरेका छन् । ईस्कोन नेपालले विराटनगरस्थित जलजला चोकमा स्कोन जलजला नामक संस्था करिब दुई वर्षदेखि सञ्चालन गर्दै आइरहेको छ ।
संस्थामा ७ सयबढी भक्तहरु आवद्ध रहेको उनीहरुले जनाएका छन् । काठमाडौँले हस्तक्षेप गरेपछि आफूहरुले ७ सयमध्ये ५ सयबढी भक्तहरुलाई समेटेर नयाँ संस्था दर्ता गराउने भक्त मनिष कुमार दासले बताए । यो संस्था सनातन धर्ममा आस्था र विश्वास जगाउन वैद्धिक ज्ञानको प्रचार प्रसारको काम गर्ने उद्देश्यले स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण