रातोपाटीकर्मी दुलाललाई उत्कृष्ट पत्रकार वर्ष अवार्ड

हेटौँडा । रातोपाटीकर्मी गणेश दुलाल पुरस्कृत भएका छन् । पाँचौ राष्ट्रिय हेटौँडा जर्नालिजम अवार्ड अन्तर्गत दुलाललाई पुरुष तर्फको उत्कृष्ट पत्रकार वर्ष अवार्ड प्रदान गरिएको हो ।
शनिबार हेटौँडामा सम्पन्न अवार्ड वितरणको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको नगर प्रमुख मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई लगायतले दुलाललाई प्रमाणपत्र, नगदसहित ट्रफी वितरण गरिएको थियो । कार्यक्रममा दुलालसहित अन्य १० वटा विधामा पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।
न्यु मिडिया एकेडेमी प्रालि र पिआइएम नेपालको संयुक्त रुपमा आयोजनामा दुलालसहित अन्य १० वटा विधामा १० जना पत्रकारहरुलाई पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा कान्तिपुरका होम कार्की सर्वोकृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड २०८०, उत्कृष्ट बर्ष पत्रकारिता अवार्ड-२०८० महिलातर्फ राजधानी दैनिककी सरिता दाहाल, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड -२०८० बाट अनलाइन खबर डटकमका रेवती तिमल्सिना (नविन) लाई प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड- २०८० बाट गोल नेपाल डटकमका विक्रम बानियाँ, उत्कृष्ट ग्रामीण पत्रकारिता अवार्ड- २०८० बाट न्युज २४ की सुनिता विष्ट (कृष्ण), उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड- २०८० बाट रातोसमाचार डटकमका राजेश थापा (गरिब), उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड- २०८० बाट अनिरुद्ध खबर डटकमका अनिल पराजुली, उत्कृष्ट टेलिभिजन पत्रकारिता बर्ष अवार्ड–२०८० बाट टिम टिभिका मनिल महत्तो र उत्कृष्ट उदयमान पत्रकार वर्ष अवार्ड २०८० बाट समृद समाज दैनिकका रविन्द्र वाइवालाई प्रदान गरिएको थियो ।
कार्यक्रममा अग्रज सञ्चारकर्मी सम्मान २०८० बाट राससका पत्रकार कृष्ण राम परियार, ईमेज च्यानलका सुवर्णलाल श्रेष्ठ र उज्यालो नेटवर्कका पत्रकार हरि हुमागाईलाई प्रदान गरिएको थियो भने संचार उद्यमी सम्मान २०८० बाट पालुङ एफएमका धुर्वराज ढकाल, नेशनल गोल्ड टिभीका उज्वल चौलागाई र हेटौँडा सन्देशका माधव न्यौपानेलाई वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे वर्षमानको प्रस्टीकरण : लेनदेन गरेको छैन, गलेको पनि छैन
-
गण्डकी प्रदेश : ८ वर्षमा ८ वटा बजेट, बढ्नुपर्ने आकार बर्सेनि घट्दो