पाकिस्तानको चुनावी नतिजालाई लिएर विरोध प्रदर्शन, ‘एक्स’को सेवा प्रभावित
आइतबार, ०६ फागुन २०८०, १० : २१
इस्लामावाद । पाकिस्तानमा चुनावी नतिजामा धाँधली भएको भन्दै केही दलहरूले विरोध प्रदर्शन गरिरहेका छन् । यसैबिच देशभरमा सामाजिक सञ्जाल मञ्च ‘एक्स’मा समस्या आइरहेको छ । सर्वसाधारणहरूलाई एक्सको प्रयोगमा समस्या भइरहेको बताइएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार यो सामाजिक सञ्जाल नखुलेको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । पाकिस्तानभर विरोध प्रदर्शन र अराजकताबिच प्रयोगकर्ताहरूलाई एक्सको प्रयोग र पहुँचमा समस्या भइरहेको इन्टरनेट बन्दमाथि निगरानी गर्ने संस्था नेटब्लक्सले पनि पुष्टि गरेको छ ।
रावलपिंडीका आयुक्त लियाकत अली चट्टाले निर्वाचनमा कथित धाँधली भएको स्वीकार गर्दै मुख्य निर्वाचन आयुक्त र पाकिस्तानका प्रधानन्यायाधीशलाई दोष लगाएका थिए । यस्तोमा एक्सको सेवा प्रवाहमा समस्या भइरहेको छ । यसपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण