शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको चुनावी नतिजालाई लिएर विरोध प्रदर्शन, ‘एक्स’को सेवा प्रभावित

आइतबार, ०६ फागुन २०८०, १० : २१
आइतबार, ०६ फागुन २०८०

इस्लामावाद । पाकिस्तानमा चुनावी नतिजामा धाँधली भएको भन्दै केही दलहरूले विरोध प्रदर्शन गरिरहेका छन् । यसैबिच देशभरमा सामाजिक सञ्जाल मञ्च ‘एक्स’मा समस्या आइरहेको छ । सर्वसाधारणहरूलाई एक्सको प्रयोगमा समस्या भइरहेको बताइएको छ ।

अहिलेसम्म प्राप्त जानकारी अनुसार यो सामाजिक सञ्जाल नखुलेको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । पाकिस्तानभर विरोध प्रदर्शन र अराजकताबिच प्रयोगकर्ताहरूलाई एक्सको प्रयोग र पहुँचमा समस्या भइरहेको इन्टरनेट बन्दमाथि निगरानी गर्ने संस्था नेटब्लक्सले पनि पुष्टि गरेको छ ।

रावलपिंडीका आयुक्त लियाकत अली चट्टाले निर्वाचनमा कथित धाँधली भएको स्वीकार गर्दै मुख्य निर्वाचन आयुक्त र पाकिस्तानका प्रधानन्यायाधीशलाई दोष लगाएका थिए । यस्तोमा एक्सको सेवा प्रवाहमा समस्या भइरहेको छ । यसपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप