लागूऔषधसहित नौ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरुलाई कास्की, झापा, कैलाली र काठमाडौँबाट पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग.२१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको झापा गाउँपालिका-१ सोह्रखुट्टेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्रामसहित भारत घर भएका २५ वर्षीय मो.ईन्सुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता कैलालीको धनगढी उपमहामगरपालिका-३ बोराडाडी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय मनोज राना समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौँ महानगरपालिका-२७ जमलबाट अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित सोही महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय निराजन शाही खड्कीसमेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण