रौतहटमा कर्फ्युको क्षेत्र थप गर्ने निर्णय
रौतहट । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको क्षेत्र थप गरिएको छ । ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद बढेपछि कर्फ्युको क्षेत्र विस्तार गरिएको रौतहटका प्रजिअ हिरालाल रेग्मीले रातोपाटीलाई बताए ।
शनिवार साँझ ५ बजेबाट ईशनाथ नगरपालिकाको वडा नम्बर–६ र ७ मा लगाइएको कर्फ्यु थप ६ वटा वडामा बिस्तार गरिएको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर–२, ३, ४ र ५ मा बिस्तार गर्ने निर्णय गरिएको छ ।
मस्जिदमा अराजकता बढ्ने सम्भावना देखिएपछि कर्फ्यु क्षेत्र विस्तार गरिएको प्रअिज रेग्मीले जानकारी दिए । हिन्दु समूहले मस्जिदको माइकल निकाल्न खोजेको सूचना आएपछि स्थापना प्रशासनले अराजकता बढ्ने विश्लेषण गरेको छ ।
ईशनाथ नगरपालिकाको पूर्वमा हनुमान मन्दिर (बन्जरहा मोड), पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप बिओपी देखी दक्षिण जमिल अख्तरको बोरिङ र दक्षिण क्षेत्रमा एपिएफ बिओपी देखी जयनगरसम्मको सिमानामा कर्फ्यु आदेश जारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण