प्रतिबद्धता कार्यान्वयन गरे टिकटकको प्रतिबन्ध फुकुवा गर्ने प्रधानमन्त्रीको जवाफ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकले व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयनको सुनिश्चितता आएमा प्रतिबन्ध हटाउन सरकार तयार रहेको बताएका छन् । आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले टिकटकको प्रतिबन्ध हटाउनका लागि सरकार तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री दाहाललाई आज प्रतिनिधिसभामा १३ वटा प्रश्न सोधिएको थियो । प्रश्न सोध्नेक्रममा सांसद गणेश पराजुलीले टिकटक प्रतिबन्धबारे प्रश्न सोधेका थिए । उनले सरकारले टिकटको प्रयोग रोके पनि सत्तापक्षकै कार्यकर्ताले खुलेआम टिकटकको प्रयोग गरिरहेको समेत बताएका थिए । ‘टिकटक बन्द हुनुअघि र बन्द भएपछि अपराध र विकृति न्यूनीकरण भएको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ,’ सांसद पराजुलीले सोधेका थिए ।
यस्तै, टिकटक बन्द भएपछि कति व्यवसायी पलायन भए भन्दै पराजुलीले अर्को प्रश्न गरेका थिए । पराजुलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको ‘टकटक’ सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्यम भएकाले प्रयोगमा रोक लगाएको बताए ।
उनले भने, ‘यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालका लागि रोक लगाइएको हो ।’ यसबिचमा उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालीमा आबद्ध हुन तयार रहेको भन्दै पत्राचार गरेको प्रधानमन्त्रीले जानकारी दिए ।
‘र, पुनर् सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘टिकटकले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने होइन ।’ यसैक्रममा प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई सङ्घीय संसदमा पेश गर्न लागिएको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण