६० अर्ब डलर बराबरको सैन्य सहायता गर्ने जेलेन्स्कीलाई बाइडेनको वाचा
सोमबार, ०७ फागुन २०८०, ०७ : १८

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता अवश्य जारी गर्ने आश्वासन दिएका छन् ।
यस सहायता प्याकेजलाई अझै पनि अमेरिकी कांग्रेसबाट अन्तिम स्वीकृति चाहिन्छ, तर बाइडेनले जेलेन्स्कीलाई यो स्वीकृत हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
युक्रेन अवडिभकाबाट फिर्ता हुनुमा कंग्रेसको समर्थन नहुनु रहेको ह्वाइट हाउसले आरोप लगाएको छ। शनिबार युक्रेनले रुसको कब्जामा रहेको डोनेट्स्कको छेउमा रहेको अदिभका सहरबाट आफ्ना सैन्य फौज फिर्ता गरेको छ । गत वर्ष बाख्मुतमा जितपछिको यो रुसको सबैभन्दा ठुलो जित हो।
ह्वाइट हाउसले पनि एक विज्ञप्ति जारी गर्दै युक्रेनले अडिभकाबाट पछि हट्नुको मुख्य कारण गोलाबारुदको अभाव रहेको बताएको छ । ‘जुन कांग्रेसको अनिर्णयको परिणाम हो,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची