६० अर्ब डलर बराबरको सैन्य सहायता गर्ने जेलेन्स्कीलाई बाइडेनको वाचा
सोमबार, ०७ फागुन २०८०, ०७ : १८
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ६० अर्ब डलर बराबरको सैन्य सहायता अवश्य जारी गर्ने आश्वासन दिएका छन् ।
यस सहायता प्याकेजलाई अझै पनि अमेरिकी कांग्रेसबाट अन्तिम स्वीकृति चाहिन्छ, तर बाइडेनले जेलेन्स्कीलाई यो स्वीकृत हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
युक्रेन अवडिभकाबाट फिर्ता हुनुमा कंग्रेसको समर्थन नहुनु रहेको ह्वाइट हाउसले आरोप लगाएको छ। शनिबार युक्रेनले रुसको कब्जामा रहेको डोनेट्स्कको छेउमा रहेको अदिभका सहरबाट आफ्ना सैन्य फौज फिर्ता गरेको छ । गत वर्ष बाख्मुतमा जितपछिको यो रुसको सबैभन्दा ठुलो जित हो।
ह्वाइट हाउसले पनि एक विज्ञप्ति जारी गर्दै युक्रेनले अडिभकाबाट पछि हट्नुको मुख्य कारण गोलाबारुदको अभाव रहेको बताएको छ । ‘जुन कांग्रेसको अनिर्णयको परिणाम हो,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण