पाकिस्तानमा हारेका १३ उम्मेदवारलाई जबरजस्ती जिताइयो
इस्लामावाद । पाकिस्तानमा आम निर्वाचन भएको १० दिन भइसकेको छ । तर अहिलेसम्म पनि कुन–कुन पार्टी मिलेर सरकार बनाउँछन् र को प्रधानमन्त्रीको कुर्सीमा बस्छ भन्ने स्पष्ट भइसकेको छैन । पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएलएनको साथसाथै बिलवाल भुट्टोको पार्टी सत्तामा कब्जा जमाउने कोसिसमा लागेका छन् । उता, इमरान खान समर्थित निर्दलीय उमेदवारहरुले पनि विपक्षमा बस्ने दाबी गरिरहेका छन् । यसैबिच सेनाले केही ठुलो कदम चाल्ने आशंका पनि गरिरहेको छ ।
अहिलेसम्म निर्वाचनमा धाँधलीका कयौँ मामिलाहरू अगाडि आइसकेका छन् । रावलपिन्डी चुनाव आयुक्तले निर्वाचनमा धाँधलीबारे खुलासा गरेपछि पाकिस्तानमा स्थिति अस्तव्यस्त बनेको छ । सरकारी सञ्चार माध्यम डनमा छापिएको समाचार अनुसार आइतबार अबेर रातदेखि २४ घण्टाका लागि माइक्रो ब्लगिङ वेबसाइट एक्समा प्रतिबन्ध लगाइएको छ । इन्टरनेट सुस्त पारिएकोले सर्वसाधारणहरूले अनलाइन राम्रोसँग चलाउन सकेका छैनन् ।
अहिलेसम्मकै लामो प्रतिबन्ध
चुनावमा धाँधलीको आरोपयता पाकिस्तानमा इन्टरनेट लागू भएको यो अहिलेसम्मकै लामो प्रतिबन्ध हो । निर्वाचनको नतिजाबारे विरोध प्रदर्शन चर्किरहेकै समयमा एक्सको प्रयोगमा समस्या आइरहेको छ । पाकिस्तानमा डिजिटल अधिकारका लागि काम गर्ने मंच बोलो भीका निर्देशकले सिन पाकिस्तानमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका छन् । केही भीपीएन बाहेक कसैले पनि एक्स चलाउन नसकेको उनले बताए ।
हालै पाकिस्तानका एक वरिष्ठ अधिकारीले चुनावमा धाँधलीको आरोप लागेपछि राजीनामा दिएका थिए । पछि उनलाई पक्राउ समेत गरियो । फेब्रुअरी ८ मा भएको निर्वाचनको नतिजामा आफ्नै निगरानीमा चलखेल गरिएको रावलपिन्डीका आयुक्त लियाकत अली चट्ठाले आरोप लगाएका थिए । उनले सारा गलत कामको जिम्मेवारी लिएका थिए । यो धाँधलीमा प्रमुख निर्वाचन आयुक्त र सर्वोच्च अदालतका शीर्ष न्यायाधीश सामेल भएको उनको भनाइ थियो । ७०/८० हजार मतले अगाडि रहेका निर्दलीय उमेदवारहरुलाई समेत आफूहरूले धाँधली गरेर हराएको उनले बताए । हारेका १३ उम्मेदवारलाई जबरजस्ती जिताइएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण