गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरे, अनि ठगी धन्दामा लागे : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी धन्दामा लागिपरेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला–२०८० लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सहकारीमा सङ्कट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताए ।
‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले । पुँजीपतिले त एदोग व्यवसाय चलाउने हो सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उनले भने, ‘सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र सङ्गठनहरू सहकारीको पक्षमा हुन्छन् ।’
उनले नेपालमा सहकारीको विपक्षमा रहेकाहरू सहकारीमा आबद्ध हुँदा सहकारीहरू सङ्कटमा परेको बताए । ठुला र धेरै पैसा जम्मा गर्नेहरू सङ्कटमा पर्दा धेरै मानिसको पैसा डुब्दा सहकारीप्रति आशङ्का उब्जेको ओलीको भनाइ छ ।
‘यतिबेला नेपालमा केही गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरे । जसलाई सहकारी चाहिएकै छैन, तिनीहरू सहकारीका नाममा प्रवेश गरे र जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजे’, ओलीले भने, ‘तिनीहरूले धेरै मान्छेलाई डुबाए । आफू बदनाम भए । केही मान्छेले पैसा कमाए होलान् । इज्जत गुमाए होलान् ।’ त्यस्ता व्यक्तिहरूका कारण सहकारी क्षेत्र बदनाम भएको ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति
-
हङकङलाई पछि पार्दै सुपर–३ चरणमा पुग्यो नेपाल
-
निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव