गैरसहकारी व्यक्ति सहकारीमा प्रवेश गरे, अनि ठगी धन्दामा लागे : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरेर नाफा कमाउने र ठगी धन्दामा लागिपरेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला–२०८० लाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सहकारीमा सङ्कट आउनुमा पुँजीपतिले हात हाल्नु पनि प्रमुख कारण रहेको बताए ।
‘सहकारीमा आएको सङ्कट पुँजीपतिहरूले हात हाले । पुँजीपतिले त एदोग व्यवसाय चलाउने हो सहकारी होइन । तर पुँजीपतिहरूले सहकारी चलाउने भनेर धन्दाको रूपमा अघि बढाउन थालेपछि बर्बाद हुने नै भयो’, उनले भने, ‘सैद्धान्तिक हिसाबले भन्ने हो भने गरिब जनता र गरिब जनताको आर्थिक जीवन उकास्ने पक्षमा रहेका विचार र सङ्गठनहरू सहकारीको पक्षमा हुन्छन् ।’
उनले नेपालमा सहकारीको विपक्षमा रहेकाहरू सहकारीमा आबद्ध हुँदा सहकारीहरू सङ्कटमा परेको बताए । ठुला र धेरै पैसा जम्मा गर्नेहरू सङ्कटमा पर्दा धेरै मानिसको पैसा डुब्दा सहकारीप्रति आशङ्का उब्जेको ओलीको भनाइ छ ।
‘यतिबेला नेपालमा केही गैरसहकारी व्यक्तिहरू सहकारीमा प्रवेश गरे । जसलाई सहकारी चाहिएकै छैन, तिनीहरू सहकारीका नाममा प्रवेश गरे र जसले नाफा कमाउने शोषणकारी ठगी धन्दाको रूपमा सहकारीलाई प्रयोग गर्न खोजे’, ओलीले भने, ‘तिनीहरूले धेरै मान्छेलाई डुबाए । आफू बदनाम भए । केही मान्छेले पैसा कमाए होलान् । इज्जत गुमाए होलान् ।’ त्यस्ता व्यक्तिहरूका कारण सहकारी क्षेत्र बदनाम भएको ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण