मित्रमिलन सहकारी ठगी: मिलाएर अदालत छिर्ने, धरौटी बुझाएर छुट्ने
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएकाहरू धमाधम अदालत आउँदै धरौटी बुझाएर रिहा हुँदै गरेका छन् । आइतबार जिल्ला अदालतमा उपस्थित भएका जनकल्याण पराजुली ३ लाख रुपैयाँ धरौटीमा छुटे । मंसिर तेस्रो साता नै पक्राउ पुर्जी जारी भएपछि फरार पराजुली ३ महिनापछि आफैँ अदालत पुगेका हुन् ।
मित्रमिलनको मुद्दामा पराजुलीसहित हालसम्म ६ जनालाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ । सुरेशकुमार श्रेष्ठ ७ लाख, हरेराम भण्डारी ७ लाख, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी ७ लाख, विष्णुप्रसाद भण्डारी ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख रुपैयाँमा धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
बाँकी ६ जना पुर्पक्षका लागि कारागारमा छन् । अझै २१ जना फरार रहेका छन् । अध्यक्ष रमण पौडेल, पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार शेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल कारागारमा छन् ।
स्रोतका अनुसार सहकारी रकम अपचलनमा मुछिएकाहरू वकिल र न्यायाधिशहरुसँग निरन्तर सम्पर्कमा छन् । अनुकूल वातावरण बनेपछि अदालतमा आफैँ हाजिर हुने र धरौटी बुझाएर छुट्ने गरेका छन् । सहकारीको रकम अपचलन भएको भन्दै ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख हिनामिना भएको छानबिन समितिको प्रतिवेदन छ । प्रहरीले ३१ करोड बिगो सहित ३३ जना विरुद्ध गत पुसमै मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण