बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मिडफिल्डर फिलिप्ससँग माफी मागे प्रशिक्षक ग्वार्डिओलाले

मङ्गलबार, ०८ फागुन २०८०, १२ : १८
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो अप्रिय भनाईका लागि मिडफिल्डर केल्भिन फिलिप्ससँग माफी मागेका छन् ।

लामो समयपछि मैदानमा फर्किएका २८ वर्षीय फिलिप्सलाई प्रशिक्षक ग्वार्डिओलाले आवश्यकताभन्दा बढी मोटाएको भन्दै आलोचना गरेका थिए ।

काराबाओ कपको चौथो चरणको लिभरपुलविरुद्धको खेलमा प्रशिक्षक ग्वार्डिओलाले फिलिप्सलाई टोलीमा समावेश गरेका थिए । फिलिप्सलाई टोलीमा समावेश नगर्नुको कारणबारे जानकारी दिँदै ग्वार्डिओलाले भनेका थिए, ‘फिलिप्सको तौल आवश्यकताभन्दा बढी छ ।’

फिलिप्सले भने प्रशिक्षक ग्वार्डिओलाको अनावश्यक टिप्पणीले आफ्नो मनोबल खस्किएको गुनासो गरेका थिए । त्यसपछि ग्वार्डिओलाले फिलिप्ससँग माफी मागेका हुन् । ‘म आफ्नो भनाईका लागि फिलिप्ससँग माफी माग्न चाहन्छु,’ ग्वार्डिओलाले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप