मिडफिल्डर फिलिप्ससँग माफी मागे प्रशिक्षक ग्वार्डिओलाले
मङ्गलबार, ०८ फागुन २०८०, १२ : १८
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो अप्रिय भनाईका लागि मिडफिल्डर केल्भिन फिलिप्ससँग माफी मागेका छन् ।
लामो समयपछि मैदानमा फर्किएका २८ वर्षीय फिलिप्सलाई प्रशिक्षक ग्वार्डिओलाले आवश्यकताभन्दा बढी मोटाएको भन्दै आलोचना गरेका थिए ।
काराबाओ कपको चौथो चरणको लिभरपुलविरुद्धको खेलमा प्रशिक्षक ग्वार्डिओलाले फिलिप्सलाई टोलीमा समावेश गरेका थिए । फिलिप्सलाई टोलीमा समावेश नगर्नुको कारणबारे जानकारी दिँदै ग्वार्डिओलाले भनेका थिए, ‘फिलिप्सको तौल आवश्यकताभन्दा बढी छ ।’
फिलिप्सले भने प्रशिक्षक ग्वार्डिओलाको अनावश्यक टिप्पणीले आफ्नो मनोबल खस्किएको गुनासो गरेका थिए । त्यसपछि ग्वार्डिओलाले फिलिप्ससँग माफी मागेका हुन् । ‘म आफ्नो भनाईका लागि फिलिप्ससँग माफी माग्न चाहन्छु,’ ग्वार्डिओलाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण