देव खनाल पनि शून्य रनमै आउट भए
बुधबार, ०९ फागुन २०८०, १० : ०७

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रूपमा देव खनाललाई गुमाएको हो । यू-१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका उनले खातासम्म खोल्न सकेनन् । आठौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।