राष्ट्रिय रनिङशिल्ड दोहोरी गीत प्रतियोगितामा दिलीप र विमा उत्कृष्ट
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौंदीमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०’मा दिलीप थापा मगर र विमा अनुरागी उत्कृष्ट भएका छन् । प्रतिष्ठानको उपत्यका समन्वय समिति अन्तर्गतको बानेश्वर–कोटेश्वर समितिको तर्फबाट दिलीप र विमा सहभागी थिए । विजेता दिलीप र विमाले तीन लाख नगद राशिसहित शिल्ड प्राप्त गरे ।
त्यस्तै कोरिया शाखाको तर्फबाट प्रतिस्पर्धी तारा थापा र टेकराज भण्डारी दोस्रो र जापान शाखाको तर्फबाट प्रतिस्पर्धी निशान विश्वकर्मा र सपना रोका तेस्रो भए । दुवैले क्रममा दुई लाख र एक लाख नगद जिते ।
प्रतियोगितामा अनामनगर समितिको तर्फबाट प्रतिस्पर्धी विजय बानियाँ र सबिता परियारले ५० हजार नगदसहित सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
४८ समुहमध्ये जुम्ला शाखाको तर्फबाट सहभागी गीता सेजुवाल उत्कृष्ट नव गायिका बन्न सफल भइन् भने पाल्पा शाखाको तर्फबाट सहभागी रबिन नेपाली उत्कृष्ट नव गायकको पुरस्कार चुम्न सफल भए । त्यसैगरी बसपार्क समिति रातोको तर्फबाट प्रतिस्पर्धी जमुना बिक उत्कृष्ट प्रतिभावान् गायिका बन्न सफल भइन् । त्यस्तै बसपार्क समिति सेतोको तर्फबाट सहभागी रत्न श्रेष्ठ र बागमती प्रदेशबाट सहभागी आशा केसीले उत्कृष्ट भेषभुषाको पुरस्कार चुम्न सफल भए । लुम्बिनीको तर्फबाट सहभागी लक्ष्मी बस्नेत उत्कृष्ट सृजनशील गायिका बन्न सफल भइन् भने उपत्यका समन्वय समितिको तर्फबाट सहभागी शर्मिला श्रेष्ठ र काठमाडौँ जिल्लाका अनिल सुनार उत्कृष्ट अनुशासित गायिका र गायकको पुरस्कार चुम्न सफल भए । सबै नगद १५ हजार पुरस्कारको रूपमा प्राप्त गरे ।
त्यस्तै बागलुङ जिल्लाशाखाको तर्फबाट सहभागी सुमन खड्का र सुनधारा समितिको तर्फबाट सहभागी तिर्सना बुढा क्षेत्री उत्कृष्ट गायक गायिकाको पुरस्कार चुम्न सफल भए । उनीहरुले २५ हजार नगदराशि सहितको पुरस्कार प्राप्त गरेका थिए ।
धादिङ जिल्लाको रोराङ–बेनीघाट गाउँपालिका वडा नं. ७ स्थित चरौंदीको मैदानमा आयोजित ‘इन्द्रेणी ७ औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता –२०८०’ फागुन ५ मा प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा उद्घाटन भएको थियो भने समापनमा नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँती सहभागी थिए । प्रतिस्पर्धामा लोकदोहोरीको रौनकतामा रमाउने दर्शकहरूको बाक्लो घुइँचो नै लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण