पुलमा जहाज ठोक्किँदा पाँचवटा सवारी नदीमा खसे : दुई जनाको मृत्यु, तीन बेपत्ता

ग्वानझाओ । चीनको दक्षिणी सहर ग्वाझाओमा रहेको पुलमा मालवाहक जहाज ठोक्किँदा एक सार्वजनिक बससहित पाँचवटा सवारी नदीमा खसेका छन् । दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेका छन् ।
समाचार संस्था सीसीटीभीमा प्रकाशित तस्बिरमा पुलको एक हिस्सामा क्षति पुगेको र जहाज त्यहाँ अड्किएको देखिएको छ । जहाजले सामान भने बोकेको देखिएको छैन । घटना स्थानीय समयअनुसार बिहान साढे ५ बजे भएको थियो ।
बेइजिङ न्यूजका अनुसार घटनामा संलग्न जहाजको क्याप्टेनलाई पक्राउ गरिएको छ भने नजिकका क्षेत्र खाली गरिएको छ । पुललाई स्तरोन्नति गर्ने योजना रहे पनि त्यो टर्दै आएको थियो । सन् २०२१ को अक्टोबरमा प्रान्तीय अधिकारीहरूले पुलको भौतिक सुरक्षाका लागि ठक्कर न्यूनीकरण पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए ।
ग्वान्झाओ पर्ल नदी छेउमा अवस्थित रहेको छ । यो चीनको व्यस्त बन्दरगाह मध्ये एक हो । घटना भएको नान्सा दक्षिण चीनको सबैभन्दा चाँडो विकास भइरहेको बन्दरगाह हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता