‘बद्री बहादुर’ चैत्र २३ बाट प्रदर्शनमा आउने
काठमाडौँ । शोभित बस्नेत निर्देशित फिल्म आगामी ‘बद्री बहादुर’ आगामी चैत्र २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नु होला’ लेखिएको छ । यसैले पनि यो फिल्म हास्य प्रदान रहेको बुझ्न सकिन्छ । सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको हो ।
फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छ । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिब जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको अभिनय छ ।
यही फिल्मबाट एलिना गुरुङले नेपाली फिल्ममा ‘डेव्यु’ गरेकी छिन् । फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द निर्देशन रहको छ । यो फिल्मलाई रोहित रत्नको आरआर फिल्मसले नेपालभर प्रदर्शनको जिम्मा लिएको छ ।
फिल्ममा विनोद सापकोटाको छायाङ्कन तथा समिर मिया सम्पादन छ । फिल्मको छायाङ्कन काठमाडौँ, लमजुङ, धरान र सङ्खुवासभाको विभिन्न ठाउँमा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्वालिटी’ ब्रान्डको मुँगको दाल बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश
-
पोखरा फोहोर प्रशोधन केन्द्रः जग्गाकै टुंगो छैन, मेयर भन्छन्, निर्माण अन्तिम चरणमा पुगिसक्यो'
-
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल
-
काजाकिस्तानको अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ को पाँचौँ खण्ड प्रवर्द्धन कार्यक्रम
-
सहयोद्धालाई पत्र : ती दिन अझै बिर्सिएको छैन
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण