केपी ओली मोदी क्याम्पमा फर्किसकेः गजुरेल
काठमाडौं– चार वटा कम्युनिष्ट पार्टीका नेताहरुले एमाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादमाथि प्रश्न उठाएका छन् ।
‘भारतसँग असमान सन्धी सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा विप्लव र नेकपा ऋषि कट्टेलका नेताले यस्तो बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले ओली कुनै सन्धी सम्झौता गर्न गएका थिएनन् भने किन गएको थिए भन्ने प्रश्न गरे । उनी आफू भारतनिकट नै भएको आवस्त पार्न भ्रमणमा गएको आरोप लगाए ।
‘ओली भारत जानुको कारण म पुनः मोदी क्याम्पमा फर्किसकेको छु भन्ने सन्देश दिन हो’, उनले भने, ‘ ओली अब नाकाबन्दीको ओली होइनन् ।’
उनले अरुण तेस्रो दिल्ली मै बसेर उद्घाटन गर्ने भनिएपनि अन्तिम समयमा किन भएन भन्ने रहस्यमय भएको बताए ।
उनले महाकाली सन्धी गर्न ओलीको भूमिका कस्तो थियो भन्ने नेपाली जनताले भुलिनसकेको पनि बताए ।
नेकपाका जनसरकार प्रमुख सन्तोष बूढा मगरले प्रचण्डलगायतका नेताहरु जनयुद्धदेखि नै भारतको इशारामा चलेको आरोप लगाए ।
यस्तै नेकपाका ऋषि कट्टेलले कम्युष्टिलाई साम्राज्यवादीले राष्ट्रघाती काम गर्न उक्साउने गरेको भन्दै त्यसप्रति सचेत बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षत्री, सीमाबिज्ञ बुद्धिनारायण श्रेष्ठ, परराष्ट्रबिज्ञ हिरण्यलाल श्रेष्ठ, जलस्रोतविज्ञ दीपक बोहरा लगायतको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण