कान्तिपुर सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी प्रहरीको नियन्त्रणमा छन् । निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको छ ।
५४ वर्षीय हिमालय विक्रम कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का स्थानीय हुन् । अहिले उनी काठमाडौँ महानगरपालिका–३२ मा बस्छन् ।
निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका थप ६ जना संचालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँबाट कोषाध्यक्ष र सचिवसहित ६ जनाविरुद्ध पक्राउ अनुमति आएको उपत्यका प्रहरी कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
कान्तिपुर सेभिङ्गका कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्यहरु सानुकान्छा लामा, नारायण प्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीविरुद्ध पुर्जी जारी भएको छ ।
प्रेमध्वज लामा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका स्थानीय हुन् । जोगलाल पनि काभ्रेको तेमाल–५ का स्थानीय हुन् । सानुकान्छा लामा (५२ वर्षीय) तेमाल गाउँपालिका वडा नम्बर–५ का हुन् ।
५२ वर्षीय नारायण प्रसाद रिमाल नुवाकोट तारकेश्वर गाउँपालिका वडा नम्बर–६ का हुन् । ईन्दु थापा काठमाडौँ महानगरपालिका–३४ की स्थानीय र देवराज पराजुली (४४ वर्षीय) काभ्रेको भुम्लु गाउँपालिकाका हुन् ।
संचालकहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको ठगेको आरोपमा प्रहरी बृत्त नयाँबानेश्वरमा २०८० जेठ २८ मा मुद्धा दर्ता भएको थियो । अध्यक्ष मल्ल फागुन १ मा पक्राउ परेका हुन् । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको संचालक समितिका संचालहरुविरुद्ध अहिलेसम्म ३५० जना निक्षेपकर्ताले जाहेरी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण