जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि
शुक्रबार, ११ फागुन २०८०, ०६ : ३८
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको छ ।
राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा हिजो छलफल भएको पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
उनले भने, “आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने, व्यवस्थापनलगायत मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । आज पुनः बैठक बसेर औपचारिक निर्णय गर्नेछौँ ।”
जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण