एन्फाविरुद्ध उच्च अदालत पाेखरामा मुद्दा दर्ता, ३० गते पेसी*
पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध उच्च अदालत पाेखरामा मुद्दा दर्ता भएको छ । एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले एन्फा विरुद्ध अदालतमा मुद्दा दिएका हुन् । एन्फाले फिफा एकेडेमी सञ्चालन गर्ने ड्रिम प्रोजेक्ट अनुसार काम सुरु भएको थियो । पालिकाले समेत केही रकम लगानी गरेकोमा अहिले काम ठप्प छ ।
अध्यक्ष गुरुङले काम अविलम्ब सुरु गर्न माग गर्दै अदालतमा मुद्दा दिएका हुन् । ‘यसमा के भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? माग बमोजिमको आदेश जारी गर्नु नपर्ने कुनै आधार र कारण भए खुलाई १५ दिनभित्र पेश गर्नुहोला,’ उत्प्रेषण परमादेश जारी भएको छ ।
एन्फाले दक्षिण एसियाकै नमुना प्रोजेक्ट निर्माण गर्ने योजना अघि बढाउँदै टेण्डर समेत आह्वान गरेको थियो । तर एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ समूहले विरोध गरिरहेका थिए । नेम्वाङको समूहले योजनाको बजेटलाई रकमानान्तर गरेपछि पालिकाले उजुरी दिएको हो ।
‘डकुमेण्ट झिकाउने र छलफल गराउने भन्ने आदेश छ । अब ३० गते पेसी छ,’ गुरुङले भने । एकेडेमीका लागि पालिकाले तटबन्ध लगायत काममा बजेट लगानी गरेको छ ।
यसअघिको समाचारमा उच्च अदालत पोखरा हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण