अमेरिकी दूतावासद्वारा हिपहप मेलाको आयोजना

काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले हिप हप मेलाको आयोजना गर्ने भएको छ । अमेरिकी र नेपाली बिचको हिप–हप संस्कृतिको जगेर्नाका लागि यो मेलाको आयोजना गर्न लागेको हो । यो मेला शनिवार होटल अन्नपूर्णमा आयोजना हुने दूतावासले जनाएको छ ।
कार्यक्रममा अमेरिका तथा नेपालका हिप हप कलाकारहरूको प्रस्तुति हेर्न पाउनेछन् । अमेरिकाबाट वर्ल्ड बिट्स–लाइपका चारजना कलाकार नेपाल आइपुगेका छन् । हिप–हप संस्कृति र सामाजिक परिवर्तन तथा अभिव्यक्ति स्वतन्त्रताका लागि शक्तिशाली माध्यमको रूपमा यसको ऐतिहासिक भूमिका रहेको भन्दै दूतावासले त्यसमा सामेल हुन सबैलाई आग्रह गरेको छ ।
लाइनअपमा किरण नेपाली, लाउरे एन्ड ब्याड कम्पनी, ब्योमा, फेथम, बीट बक्सर निशान्त गौचन र रिकेश न्यौपाने, अमाजुमी, र प्रोफेसर ट्रिक्स, नेपाल हिप हप फाउण्डेशनको टिम लगायतको प्रस्तुति रहने दूतावासले जनाएको छ ।
त्यस्तै अमेरिकाको तर्फबाट सब्सटेन्सियल, शन्ना लिम र डीजे फ्लेग, माजी मुताफाजस्ता कलाकारले आफ्नो प्रस्तुति दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
तस्बिरमा हेर्नुहोस् शैलुङको सुन्दरता
-
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण
-
एलिनाले गाइन् मर्मस्पर्शी गीत ‘एउटा नाता टुटेपछि...’
-
११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन
-
सुशासनका सवालमा माधव आफैँले गरेका थिए नीतिगत निर्णयको ‘परीक्षण’ प्रस्ताव !