शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा जुवातास खेलिरहेका १३ जना पक्राउ

शनिबार, १२ फागुन २०८०, १३ : ०१
शनिबार, १२ फागुन २०८०

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको त्रिमूर्ति चोक नजिकै रहेको वीरगन्ज मिटिङ हाउस खाजा घरबाट शनिवार १३ जनालाई पक्राउ गरेको हो । 

खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले खाजा घरका मालिकसहित १३ जनलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ६२ हजार रुपैयाँ र तासको प्याकेटसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूको नाम भने प्रहरीले खुलाएको छैन ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरको भनाई छ ।  उनीहरूमाथि जुवा खेल्न नहुने मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले पर्साले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप