सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चय कोषले माग्यो ३० जना कर्मचारी

शनिबार, १२ फागुन २०८०, १६ : ४५
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । कर्मचारी सञ्चय कोषले ३० जना स्थायी कर्मचारी माग गरेको छ । कोषले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उप प्रबन्धकमा एक–एक जना, सहायक प्रबन्धकमा १२ तथा कानुन र सिस्टमतर्फ एक–एक जना र प्रमुख सहायकमा १३ जना कर्मचारी माग गरेको हो ।

तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (फागुन ११ गते) ले २१ दिनभित्र तथा दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप