सुकेधारामा राप्रापा असन्तुष्ट पक्षको भेला
सारांश
- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का असन्तुष्ट पक्षको भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु भएको छ ।
- केन्द्रीय समितिमा भाग नलिएका करिब १०० जना केन्द्रीय सदस्य सहभागी हुने अनुमान गरिएको छ ।
- महाधिवेशन नजिकिँदै गर्दा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी गर्न यो भेला आयोजना गरिएको छ ।
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का असन्तुष्ट पक्षको भेला आज सुरु हुने भएको छ ।
केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु हुन लागेको हो ।
बैठक महामन्त्री कुन्ती शाहीले सञ्चालन गर्नेछिन् । कमल थापाको तर्फबाट भरखरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ । भेलामा करिब १०० जना केन्द्रीय सदस्यको उपस्थित हुने अनुमान गरिएको सहायक महामन्त्री प्रेम बलायरले बताए ।
महाधिवेशन नजिकिँदै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी सुरु गर्न भेला आयोजना गरिएको बताइएको छ ।
असार ५ र ६ गते केन्द्रीय सदस्य बाहेकका अनधिकृत व्यक्तिहरू समावेश गरेर कोरमसमेत नपुगेको बैठकले गरेका निर्णयहरू मान्न बाध्य नहुने र महाधिवेशन बाहेका सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन स्थलतर्फ सवारी साधन प्रवेशमा रोक, चितवनको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)
-
आधुनिक समाजमा बढ्दैछ योगको महत्त्व
-
ट्युनिसियाविरुद्ध चौथो मिनेटमै जापानको अग्रता
-
ट्युनिसिया र जापानबिचको खेल सुरु, दुवै टोली पहिलो जितको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण