बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आइसीसी विश्वकप लिग टू : नेपाल र नेदरल्याण्ड्स भिड्दै

आइतबार, १३ फागुन २०८०, ०७ : ४०
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । काठमाडौँमा जारी आइसीसी विश्वकप लिग टू क्रिकेटको त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् । नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरु हुने छ ।  

नामिबिया पनि सहभागी यस प्रतियोगितामा उसले भने आफ्ना चार खेल खेल्दा तीन खेलमा जीतको नतिजा निकालेको थियो । जारी सिरिजमा नेपालले नामिबियासँग दुवै खेलमा पराजय भोग्दा नेदरल्याण्ड्सलाई भने पराजित गरेको थियो । नेदरल्याण्ड्सले एक खेलमा नामबियालाई जित्दा अरू खेलमा भने पराजित भएको थियो । 

आजको खेलमा नेदरल्याण्ड्स नेपालविरुद्ध जित निकाल्दै पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज अन्त्य गर्ने लक्ष्यमा हुँदा नेपाल भने नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुने छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार वटा एक दिवसीय क्रिकेट भएका छन् । जसमा दुवै टिमले समान दुई ÷दुई जित निकालेका छन् । 

४ वर्षसम्म ८ टिमले लिग टूमा प्रतिस्पर्धा गर्ने र शीर्ष चार टिमले विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा स्थान पक्का गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप