आईसीसी क्रिकेट विश्व कप लिग–२
६६ रन बनाउँदै आउट भए कुशल भुर्तेल
आइतबार, १३ फागुन २०८०, १२ : ०९
काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ । नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो ।
कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाए । उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो ।
कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए । ३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २२ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण