पाँच जना मृत अवस्थामा फेला
काठमाडौँ । देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिका-९ वडा कार्यालय नजिक हाल एकिन नाम, थर, वतन नखुलेका शंकर भनेर बोलाउने गरिएका करिब ४० वर्षीय भारतीय नागरीक शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने ५० वर्षीय ध्यान बहादुर राई सोही ठाउँ बस्ने जितेन्द्र राईको मतान घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ संगमपथ बस्ने ७५ वर्षीय प्रेमराज आचार्य सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका-७ दमाइकुटे कुईभिर खोलामा सोही गाउँपालिका-७ ससुराली गाउँमा बस्दै आएका रौतामाई गाउँपालिका-८ घर भएका ३८ वर्षीय जमान सिंह लाय मगर शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता इलामको माई नगरपालिका-२ झ्याम्टेस्थित भिरमा बर्दिया मधुवन नगरपालिका-९ घर भई झापा दोमुखास्थित सिँचाइको ड्याम बनाउने काम गर्दै आएका २१ वर्षीय समिर थारु शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण