बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नौलो गणतन्त्रका लागि आन्दोलनको तयारीमा जनमत पार्टी

आइतबार, १३ फागुन २०८०, १४ : ५०
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी यतिखेर नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रका लागि आन्दोलनको तयारीमा जुटेको छ ।  त्यसका लागि सो पार्टीले पहिलो शक्ति प्रदर्शन गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौँमा गर्ने भएको छ । यो गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै जनमत पार्टी नौलो गणतन्त्रका लागि तेस्रो जनआन्दोलनको प्रारम्भ गर्ने तयारीमा जुटेको हो । 

त्यसका लागि जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू प्रचार प्रसारमा जुटेका छन् । उनीहरुले गाउँ गाउँमा प्रचार प्रसारलाई तीव्रता दिएका छ । काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले स्वयं आफै प्रचार प्रसारमा लागेका छन् । राउतले जनतासँग प्रत्यक्ष भेटेर नौलो गणतन्त्रबारे जानकारी गराउँदै जेठ १५ गतेको कार्यक्रममा आउन आग्रह गरिरहेका छन् । 

prasixan

उनले कार्यक्रमका लागि विभिन्न प्रशिक्षण तथा तालिमहरू पनि दिइरहेका छन् । पार्टीका उपाध्यक्ष दीपक साहले तेस्रो जनआन्दोलनको तयारीमा जनमत पार्टी जुटेको बताउँदै त्यसका लागि प्रचार प्रसार तथा प्रशिक्षणका कार्यक्रमहरू भइरहेको बताए । ‘यो गणतन्त्र विकृत भइसकेको छ, नौलो र यो भन्दा परस्कृत गणतन्त्रको आवश्यकता देखिएकाले त्यसको तयारीमा जुटेका छौँ’ उनले भने ।  

उनले भने, ‘२०८१ जेठ १५ गते काठमाडौँमा एउटा प्रदर्शन छ, त्यो प्रदर्शनपछिको अवस्था कस्तो हुन्छ त्यसको आधारमा थप रणनीतिहरू बनाउने छौँ ।’ 

जनमत पार्टीले यही गणतन्त्रलाई सुधार्नका लागि आन्दोलनको आवश्यकता रहेको भन्दै जनतालाई कन्भिन्स गरिरहेको साहले बताए ।

naulo

‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भन्ने नारासहित आफूहरू आन्दोलनको तयारीमा लागेको उपाध्यक्ष साहले बताए । 

एक सदनात्मक व्यवस्था कायम गर्न माग गर्दै अध्यक्ष राउतले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको निर्वाचन हुनुपर्ने बताएका छन् । निर्वाचन अधिकृत, महालेखा परीक्षक, न्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख समेत निर्वाचनबाट चयन गर्न उनले माग गरेका छन् । प्रधानमन्त्रीद्वारा कार्यक्षेत्र विशेषज्ञताको आधारमा विशेषज्ञहरू नियुक्त गरेर विभागीय काम कारबाही गर्ने व्यवस्था गर्न माग गर्दै उनले प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने तर मन्त्री नराख्दा नौलो गणतन्त्र हुने अध्यक्ष राउतको बुझाई छ । 

देशको उत्पादन प्रणाली निजी क्षेत्रको हातमा दिने तर राज्यले नियमन गर्ने र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारहरूबाट कोही बञ्चित नहोस् भनि सुनिश्चित् गर्न गर्नुपर्ने राउत नेतृत्वको पार्टीको माग छ । 

mag

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप