शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा २ लाख ६४ हजार दादुरा-रुबेलाविरुद्धको खोप लगाइँदै

आइतबार, १३ फागुन २०८०, २१ : १२
आइतबार, १३ फागुन २०८०

बारा । राष्ट्रिय खोप अभियान अन्तर्गत आजदेखि  बारामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने सुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाराका अनुसार पहिलो चरण अन्तर्गत जिल्लाको ६ वटा स्थानीय तहमा फाल्गुन १३ गतेदेखि १७ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । 

पहिलो चरण अन्तर्गत जीतपुरसिमरा, कलैया, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुरमा खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य प्रमुख रामनरेश यादवले जनाएका छन् । बारामा तीन चरणमा खोप अभियान सञ्चालन हुने बताउँदै यादवले झन्डै दुई लाख ६४ हजार बालबालिकालाई खोप लगाउने तयारी भएको बताए । बाराको १६ वटा पालिका मध्ये जीतपुरसिमरामा ३५ हजार बालबालिकालाई  आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । 

 ५ दिनसम्म चल्ने अभियानमा उपमहानगरभित्रका एक सय २५ केन्द्रबाट एकसाथ यो खोप लगाइनेछ । खोप लगाउनका लागि उपमहानगरपालिकाको प्रत्येक वडामा ५ वटा खोप केन्द्र सञ्चालन गरेको छ  ।  

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रवि भास्करका अनुसार खोप अभियान सञ्चालन गर्नका लागि ५० खोपकर्ता, २५ स्वास्थ्यकर्मी, एक सय ५० स्वयंसेवक खटिनेछन् । उपमहानगरपालिका भित्रका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउने गरी अभियान सञ्चालन गरिने भास्करले जानकारी दिए ।

  • मधेस प्रदेशमा करिब २० लाख बालबालिकालाई खोप

राष्ट्रिय खोप अभियान अन्तर्गत यसपटक मधेस प्रदेशमा १९ लाख ४७ हजार एक सय ४२ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने जनाइएको छ  । मधेस प्रदेशको सर्लाही, महोत्तरी र धनुषा जिल्लामा दादुराका बिरामी बढी देखिएका छन् ।

२०७९ मङ्सिरदेखि २०८० मङ्सिरसम्म सर्लाहीमा ८७, महोत्तरीमा एक सय २३ र धनुषामा ५४ जना दादुराका बिरामी छन् । जसमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिका छन् ।

सरकारले तराईका २१ र उपत्यकाका तीन गरी २४ जिल्लालाई दादुरा–रुबेला सङ्क्रमणको उच्च जोखिममा राखेको छ । जसकारण ९ वर्षदेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप अनिवार्य लिनका लागि आग्रह गरिएको छ । जोखिम कम भएका अन्य ५३ जिल्लामा ९ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाउन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप