सुर्खेतमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
आइतबार, १३ फागुन २०८०, २२ : ०५
सुर्खेत । सुर्खेतको सिम्तामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेका छन्।
सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६, जामुनेबजारमा एक आपसमा ठोक्किएका थिए ।
रानाको घटनास्थलमै मृत्यू भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ । उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।
अस्थायी प्रहरी पोष्ट बादेपिपलका प्रहरी जवान वीरेन्द्र विकका अनुसार ट्याक्टर चालक र साहू भने फरार रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरियो रास्वपाको सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण